कैलालीका सिडिओ काठमाडौं बोलाइयोकैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई काठमाडौं फिर्ता बोलाइएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट सोमबार कैलालीको टीकापुरमा भएको घटनामा शान्ति, सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनलाई फिर्ता बोलाइएको हो। उनको ठाउँमा क्षेत्रीय प्रशासन कार्यालय, मध्यामाञ्चल विकास क्षेत्र, हेटौंडाका सह-सचिव मोहन चापागाईंलाई पठाइँदै छ । सोमबार कैलाली र कञ्चनपुर सहितको बेग्लै थरुहट/थारुवान प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालीका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच दिउँसो झडप भएको थियो । झडपमा प्रहरी वरिष्ठ उपरीक्षक सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीले वरिष्ठ प्रहरी उपरीक्षक सहितको टोलीलाई खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका थिए । कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिका-२ मनुवा गाउ नजिकै दिउँसो अढाइ बजे तिर भएको घटनामा परि मृत्यु हुने हुनेहरुमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेका छन । यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वर्षीय बालक टेकबहादुर साउद समेत छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई काठमाडौं फिर्ता बोलाइएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट सोमबार कैलालीको टीकापुरमा भएको घटनामा शान्ति, सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनलाई फिर्ता बोलाइएको हो।
उनको ठाउँमा क्षेत्रीय प्रशासन कार्यालय, मध्यामाञ्चल विकास क्षेत्र, हेटौंडाका सह-सचिव मोहन चापागाईंलाई पठाइँदै छ ।  
सोमबार कैलाली र कञ्चनपुर सहितको बेग्लै थरुहट/थारुवान प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालीका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच दिउँसो झडप भएको थियो । झडपमा प्रहरी वरिष्ठ उपरीक्षक सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो ।
प्रदर्शनकारीले वरिष्ठ प्रहरी उपरीक्षक सहितको टोलीलाई खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका थिए ।
कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिका-२  मनुवा गाउ नजिकै दिउँसो अढाइ बजे तिर भएको घटनामा परि मृत्यु हुने हुनेहरुमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेका छन ।
यसैगरी  सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वर्षीय बालक टेकबहादुर साउद समेत छन् ।