भाद्र १७, २०७२-
भूकम्पपीडित
मकवानपुरको फाखेलका कृषकलाई तरकारीको मूल्य हवात्तै वृद्धि भएपछि ठूलो
राहत मिलेको छ। उत्पादित तरकारीको बिक्रीबाट गाविसका अधिकांश पीडितले घर
निर्माण गर्न सक्ने जनाएका छन्। लामो समयदेखि तराईमा बन्द भइरहेकाले
तरकारीको मूल्य वृद्धि भएको हो। गाविसका बासिन्दाले बेमौसमी तरकारी बेचेर
चालु सिजनमा १० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन्।
‘गत
वर्षको भन्दा थोरै क्षेत्रफलमा तरकारी खेती गरेको भए पनि आम्दानी दोब्बर
भयो,’ फाखेल कृषि सहकारी अध्यक्ष धनबहादुर स्याङ्तानले भने, ‘तराई बन्द भएर
होला तरकारीको मूल्य राम्रो छ।’ काउली प्रतिकिलो ४५, बन्दा प्रतिकिलो ३०,
धनियाँ ७०, अकबरे खुर्सानी प्रतिकिलो साढे २ सय र काँक्रो प्रतिकेजी २०
रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ। तरकारीका निम्ति कालिमाटीका
व्यापारी गाडी लिएर आउने गरेका छन। कृषकसँग तरकारी खरिद गरेर गाडीमा लोड
गरेर लैजाने गरेका छन् । राजधानीसँग जोडिएको उत्तर–पूर्वी क्षेत्रको
सिमानामा रहेको गाविसवाट दैनिक १५ ट्रक तरकारी काठमाडांै निर्यात हुने
गर्छ।
‘थोरै जमिनमा तरकारी खेती गर्ने फाखेलका कृषकले पनि न्यूनतम
साढे १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्,’ स्थानीय
सानोकान्छा लामाले भने, ‘भूकम्पले घर भत्काएर दु:ख दिए पनि तरकारीको
आम्दानीले गाउँलेलाई राहत पुर्याएको छ।’