ब्रिटिस एयरवेजको विमानमा आगलागी

भाद्र २३, २०७२- अमेरिकाको लस भेगासबाट बेलायतको लन्डन उड्न लागेको ब्रिटिस एयरवेजको वोइङ विमानको इन्जिन फेल हुँदा धावनमार्गमा नै विमानमा आगो लागेको छ । बोइङ ७७७–२०० मा आगो लागेपछि यात्रुहरुको आकस्मिक उद्दार गरिएको थियो ।

गए राति भएको घटनामा विमानको देब्रे इन्जिनमा आगो लागेको थियो । आगो बढ्न नपाउँदै यात्रु र चालकदलको उद्दार गरिएको थियो । सीएनएनका अनुसार २ जना सामान्य घाइते भएका छन् ।