आश्विन ८, २०७२- दुई दशक लामो करिअरमा राजेश हमाल पहिलोपटक फिल्मविहीन बनेका छन् । पछिल्लो एक वर्षयता राजेशले फिल्मको अभाव झेलिरहेका छन् । एकातिर सौगात मल्ल, दयाहाङ राईजस्ता थिएटरबाट छिरेका अभिनेताको दबदबा, अर्कोतिर उनका फिल्म लगातार फ्लप हुन थालेपछि क्रेज ओरालो लागेको हो । त्यसैले नयाँ/पुराना फिल्ममेकर उनलाई लिन चाहँदैनन् ।
यही बेला राजेशको रिलिज हुन बाँकी एक प्रतीक्षित फिल्म वाग्मतीको अडियो टिजर सार्वजनिक गरिएको छ । सन्नी केरला निर्देशित यस फिल्मलाई दक्षिण भारतीय निर्माण कम्पनीले बनाएको हो । अडियो टिजरमार्फत निर्माण कम्पनीले प्रमोसनको पहिलो अस्त्र राजेशलाई नै बनाउने संकेत दिएको छ । करिअर धरमरमा रहेका बेला प्रमोसनमा प्राथमिकता पाउँदा राजेशले पक्का पनि राहत महसुस गरेका छन् । तर, उनको साख वाग्मतीले बचाउँछ वा बचाउँदैन, फिल्म रिलिजपश्चात् नै थाहा हुनेछ । अहिलेसम्म रिलिज मिति तोकिएको छैन ।