नेपाल-भारत सीमामा नेपालले सुरक्षाकर्मीको उपस्थती बढायो

भाद्र ९, २०७२- सरकारले कैलालीको सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थति बढाएको छ । सीमा वारपार गर्ने समुदायमाथि पनि निगरानी बढाइएको छ ।

नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख माधवप्रसाद नेपालले नेपाल भारतको सीमावर्ती कैलालीका पूर्वी दक्षिणी भेगका बस्तीमा  सुरक्षाकर्मीको उपस्थिति बढाइएको जानकारी दिए ।
‘जनताले असुरक्षित महसुश हुन नदिन सुरक्षाकर्मीको उपस्थिति बढाइएको हो,’ उनले भने, ‘पारीबाट अपराधिक समूहको हुन सक्ने घुसपैठलाई रोक्न सीमामा निगरानी बढाउन सुरु गरेका छौं ।’
कैलालीमा नेपाल भारतको खुल्ला सीमा क्षेत्र १ सय १ किलोमटर छ । सुरक्षाकर्मीले  जिल्लाको दक्षिणी पूर्वी क्षेत्रका मुख्य प्रवेश नाका भजनी, हसुलिया, खक्रौलामा सीमावारपार गर्ने समूहमा हुन सक्ने घुसपैठको निगरानी बढाएको छ ।

त्यसैगरी दंगाग्रस्त घोषणा गरिएका गाविस आसपास क्षेत्रमा समेत सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।  उनले धनसिहपुर, हसुलिया, बहुनिया वरिपरिका क्षेत्रमा सुरक्षा सजकता र सुरक्षाकर्मीको उपस्थिति  बढाइएको बताए ।
त्यस्तै पूर्व-पश्चिम रमाजमार्ग