-
सहयोगका लागि संयोजन गरिरहेका पत्रकार बालकृष्ण बस्नेतले उक्त रकमको चेक विद्यालयका प्रधानाध्यपक कविन्द्र श्रेष्ठलाई हस्तान्तरण गरे । उक्त संस्थाका अध्यक्ष ऋतुमान श्रेष्ठ, महासचिव सविन परियारसहितको पहलमा उक्त रकम जुटेको हो ।
सहयोग हस्तान्तरण गर्न पुगेको सञ्चारकर्मीको टोलीलाई प्रधानाध्यापक श्रेष्ठले उक्त रकम विद्यालय भवनमा खर्चिने जानकारी दिंदै विदेशमा बसेर विद्यालयको भविष्यका लागि सक्रियता देखाएकोमा सहयोगी संस्थाप्रति आभार समेत राखे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामजी बस्नेत, शिक्षक रामप्रसाद सापकोटासहितले भवन निर्माण पछि विद्यार्थीले अहिले भोग्नु परेको समस्या हट्ने भएकाले त्यसका लागि सहयोग अभियानलाई जारी राख्ने बताए ।