गायिका मन्जु पौडेललाई गतवर्ष भन्दा यो वर्ष धेरै तीज लाग्यो । यो वर्ष मात्रै उनले ३ वटा तीज गीत दर्शकस्रोतामाझ पेश गरिन् । गतवर्ष झल्को माइतीको शिर्षकको तीज गीत गाएकि मन्जुले यो वर्ष ‘आइपुग्यो तीज’, ‘मुखैले ठिक्क बनायो’ र ‘आइ लभ यु’ शिर्षकका तीन तीज गीत गाएकि छिन् । जसका म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।