काइट इन्टरटेनमेन्टको आयोजनामा आबुधाबीको अल नाहादा स्कुलको सभा हलमा सम्पन्न कार्यक्रममा चर्चित हास्यकलाकारहरु कुमार कट्टेल जिग्रि, अर्जुन घिमिरे पाँडे, सुबास कार्की बेलासेले समसामयिक विषयवस्तुमा प्रहसन प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा प्रस्तुत भएका चर्चित हास्यश्रृंखला भद्रगोल यि कलाकारहरुको टिमले बर्तमान नेपालको राजनैतिक अवस्थामा ब्यंग पेश गरेका थिए । कार्यक्रममा लोकदोहोरी गायनकी लोकप्रिय कलाकार जानकी तारामी मगरले उत्कृष्ट स्टेज पर्फमेन्स दिइन् । यस्तै रुन्चे गायक प्रकाश पौडेलले पनि आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । प्रकाशले हालै सार्वजनिक आफ्नो गीत भोली छुट्टि मकै भुट्टि गाएका थिए । ‘तीजको अवसर पारेर युएईमा आयोजित कार्यक्रममध्ये सबैभन्दा सफल कार्यक्रम हाम्रो बन्यो’ प्रकाशले भनें–‘दर्शकको राम्रो माया र साथ पायौं, उहाँहरुलाई भरपुर मनोरन्जन पनि दिलायौं ।’ युएईका लागि नेपाली राजदुत धनन्जय झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानिय कलाकारहरुले पनि प्रस्तुती दिएका थिए । काइट इन्टरटेनमेन्टका प्रमुख विकास अधिकारीले कार्यक्रम सफल भएकाले चाँडै दशैं विशेश कार्यक्रम गर्न हौसला मिलेको बताए ।
दुबइ तीज धमाका