भाद्र २३, २०७२- दसैंका लागि उपत्यकामा साढे ३२ हजार खसीबोका भित्रिने भएका छन् । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले साढे ३२ हजार खसीबोका ल्याउने तयारी गरेका छन् । दसैंको अवसरमा खसीबोकाको माग उच्च हुने गरेकाले सोहीअनुसार राजधानी भित्र्याउने तयारी भएको यी दुई संस्थाले जनाएका छन् ।
‘चाडबाडमा खसीबोकाको अस्वाभाविक मूल्य बढ्न नदिन २ हजार खसीबोका र ५ सय च्यांग्रा ल्याउने तयारी गर्दै छौं,’ संस्थानका प्रवक्ता श्रीमणिराज खनालले भने, ‘मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो । यसले उपभोक्तालाई धेरै राहत गर्नेछ ।’ उनले परीक्षणका लागि मुस्ताङबाट च्यांग्रा ल्याउने तयारी भएको पनि बताए ।
उपत्यका भित्र्याइएका उक्त खसीबोका सर्वसुलभ मूल्यमा बिक्री गरिने संस्थानले जनाएको छ । दसैंको बेलो खसीबोकाको माग बढ्ने हुँदा त्यसको मौका छोपी केही व्यवसायीहरूले कालोबजारी गर्ने गरेका छन् । व्यापारीले खसीबोका खरिद गरी मनपरी ढंगले बजारमा बिक्री गर्ने हुँदा बजार मूल्य अनियन्त्रित गर्न धेरै सहयोग पुग्ने संस्थानले दाबी गरेको छ ।

‘खसीबोका बाँके, सुर्खेत, सिराहा, मकवानपुरलगायत जिल्लाबाट ल्याउनेछौं । स्थानीय प्रशासनले बजार मूल्य निर्धारण गर्छ । काठमाडौंमा ल्याउन ढुवानी भाडा र बजार मूल्यअनुसार सञ्चालक समितिले बिक्री मूल्य निर्धारण गर्नेछ,’ उनले भने । ती खसीबोका घटस्थापानादेखि बिक्री गरिने जनाएको छ ।
संस्थानले खसीबोका बजार भाउभन्दा सस्तो मूल्यमा बिक्री गर्ने दाबी गरेको छ । अघिल्लो दसैंमा पनि संस्थानले ३ हजार ५ सय खसीबोका भित्र्याउने जनाएको थियो । तर, करिब ५ सय वटा मात्रै बिक्री भएको थियो । ‘गत वर्षको दसैंमा लहान र सुर्खेतबाट मात्रै आयात गर्न सक्यौं । विभिन्न कारण (खसीबोका अभाव) ले मकवानपुर, नेपालगन्ज जिल्लाबाट भित्र्याउन सकेनौं,’ खनालले भने, ‘यस वर्ष लक्ष्य पूरा गर्नेछौं ।’ त्यहीअनुसार तयारी गर्न संस्थान मातहतका कर्मचारीलाई निर्देशन दिन तयारी गरिरहेको उनले बताए ।
यसरी ल्याइएका खसीबोका संस्थानको थापाथली कार्यालयबाट बिक्री गरिनेछ । यसपालि भूकम्पले अधिकांश उपभोक्ता प्रभावित भएकाले मागमा केही कमी हुने व्यवसायीहरू बताउँछन् । यस्तै, तराई क्षेत्रमा भएको बन्दले ढुवानीमा केही समस्या हुन उनीहरूको भनाइ छ । स्वदेशी उत्पादनसँगै व्यवसायीहरूले भारतबाट पनि खसीबोका आयात गर्छन् । भारतको लखनउ, बहराइचलगायत स्थानबाट करिब ९० प्रतिशत आयात हुन्छ ।

‘दसैं नजिकिँदै गर्दा खसीबोका खरिदको तयारी भइराखेको छ,’ चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष दीपक थापाले भने, ‘यसपालिको दसैंमा करिब ३० हजार खसीबोका ल्याउनेछौं ।’ च्यांग्रा पनि आयात गर्ने उनले बताए । अघिल्लो वर्ष संघले ४५ हजार राजधानीमा बेचेको थियो । जसमध्ये भारतबाट मात्रै करिब ८५ प्रतिशत आयात भएको जनाएको छ । बाँकी जिल्लाबाट भित्र्याइएको अध्यक्ष थापाले बताए । दसैंमा माग अधिक रहे जिल्लाबाट थप भित्र्याउने बताए ।
‘भूकम्पले अधिकांश प्रभावित परेका छन् । जसले गर्दा गत वर्षको तुलनामा संख्या घटाएका छौं,’ उनले भने, ‘माग अधिक रहे जिल्लाबाट थप भित्र्याउनेछौं ।’
व्यवसायीका अनुसार जिल्लाबाट ल्याउँदा ट्राफिकले धेरै दु:ख दिने गरेकाले भारतबाट आयात गरिन्छ । यस्तै, बजारीकरणको समस्या, ढुवानी, भटेनेरी डक्टरको अभावका कारण स्वदेशी उत्पदान ल्याउन नसकिएको संघले जनाएको छ । ‘भारतबाट आयात गर्दा भन्सार तिरेपछि कुनै झन्झट हुँदैन । तर, जिल्लाबाट खरिद गरिएको खसीबोकामा विभिन्न ठाउँका ट्राफिकले चेकिङको नाउँमा दु:ख दिने गरेका छन्,’ उनले भने, ‘जसका कारण व्यवसायीहरू भारतबाट ल्याउन रुचाउँछन् ।’
तराई क्षेत्र बन्दले गत वर्षको तुलनामा यस वर्ष केही महँगो भएको उनीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार गत वर्ष किलोको ४ सय २५ रुपैयाँ सम्ममा कारोबार भएको थियो । अहिले किलोको ४ सय ६५ रुपैयाँमा बिक्री भइरहेको छ । दसैंमा भने भाउ थपघट हुन सक्ने थापाले बताए । खसीबोकाको मुख्य कारोबार घटस्थापनाको अघिल्लो दिनदेखि टीकाको दिनसम्म हुन्छ ।